तुलसीपुर, असोज १८ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङले वित्तीय आतंक रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
बित्तीय आतंक तथा मिटर ब्याजिलाई कारवाहीको गर्दै शुक्रवार जिल्ला पार्टी सेक्रेटरी अमर खड्का नेतृत्वको टोलिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापन पत्र बुझाएको हो ।
बुझाएको ज्ञापन पत्रमा बैंक तथा बित्तीय संस्थालाई एक अंक र स्थिर व्याजदरमा कायम गर्न माग गरिएको छ । उनीहरुले बुझाएको ज्ञापन पत्रमा जनताको जग्गा जमिन घरबास लिलाम नगर्न कडा प्राबधान राखिनु पर्ने मागपनि गरिएको छ ।
चाड पर्वको महंगीले छाक बास जोगाउन नसक्ने गरि पिल्सिएका आम नागरिक राज्य खोजि रहेको भएपनि राज्य नभेटिएको भन्दै नागरिकको दुःखमा राज्य रमिते बनेको आरोप लगाइएको छ ।
उनीहरुले बुझाएको ज्ञापन पत्रको बुँदामा केही मुठ्ठीभर मान्छेको कब्जामा राज्य र राज्य संयन्त्रहरु रहेको हुँदा त्यो चिर्न राज्य लाग्न जरुरी रहेको कुरा उल्लेख छ ।
१३ बुँदे ज्ञापन पत्रमा राज्य दोहन गरिरहेका धमिराहरु , दलाल तस्कर, भष्टाचार , कालोबजारी सुदखोर र आर्थिक आतंकका बिरुद्ध नेकपा बहुमतले जनएकता अभियान संचालन गरि रहेको जस्ता कुरा उल्लेख छन् ।
यस्ता छन् प्रजिअ समक्ष राखेका मागहरु –
१– सिमा सवारी साधन, होटल रेस्टुरेन्ट लगाएत अन्य उपभोग्य सरसामान किनमेल गरिने ठिगी,पाकेटमार ,ज्यादती , लुटपाट नियन्त्रण गरियोस ।
२– गुणस्तरहीन तथा अखाद्य बस्तुको बिक्रि बितरण तथा उपभोगमा रोक लगाइयोस ।
३– कालोबजारी नियन्त्रणका लागि ब्यापक बजार अनुगमन गरी कारवाहीको दायरामा ल्याइयोस ।
४– चाडवाडका नाममा हुने जुवातास, जाँडरक्सी लगाएतका सामाजिक हिंसालाई कडाई गरियोस ।
५– विभिन्न प्रकृतिका चोरी तस्करी , नदिनाला दोहोन लगाएतको कडा नियमन तथा नियन्त्रण गरियोस । अबैध क्रसर बन्द गरियोस ।
६– बित्तीय आकंक रोक्न ठोस कदम चाल्नु पर्ने र मिटरब्याजिलाई कारवाही गरियोस ।
७ – दुषित मनसायका चेक तथा तमसुक खारेज गरियोस।
८– सरकारी कार्यालय तथा कर्मचारीलाई अनिबार्य स्वदेशी उत्पादन प्रयोग गर्न नीति बनाइयोस ।
९– बैंक तथा बित्तीय संस्थालाई एक अंक र स्थिर व्याजदरमा कायम गर्नुका साथै जनताको जग्गा जमिन घरबास लिलाम नगर्न कडा प्राबधान राखियोस ।
१०– लागुऔषधको किन बेच र प्रयोग कडाई गरि कारवाही गरियोस ।
११–चाडवाड लक्षित गरि सडक ,सवारी साधन र सवारी चालकलाई ब्यबस्थित गरियोस ।
१२– क्षमता भन्दा बढी यात्रु राख्ने , मापसे गर्ने , नियम भन्दा बढी भाडा लिने , तीब्र गतिमा चलाउने लगाएतका क्रियाकलाप रोकियोस ।
१३ – करछली , भन्सार चुहावट , न्युनबिजिकरण , गलत जाँचपास गर्नेलाई कारवाही गरियोस
