२०८३ मङ्सिर ११ गते बिहिवार

काठमाडौं उपत्यकामा बाढी पहिरोले ३२ जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौैं, असोज १२ । काठमाडौं उपत्यकामा मात्रै बाढी – पहिरोमा परि मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

सबै भन्दा बढी ललितपुर जिल्लामा १६ जनाको मृत्यु भएको छ । त्यस्तै काठमाडौंमा ११ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । यो दिउँसो दुई बजेसम्म प्रहरीले सार्वजनिक गरेको बिवरण हो ।


उपत्यका प्रहरीका अनुसार बाढी पहिरोपमा परि ११ जना बेपत्ता छन् । काठमाडौंमा एक जना र ललितपुरमा ११ जना बेपत्ता रहेका छन् ।


बाढी पहिरोबाट १७ जना घाइते भएका छन् । काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना घाइतेको उद्धार गरि अस्पताल पठाइएको छ ।

बाढी पहिरोमा फसेकाहरुको उद्धारका लागि चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
दिउँसो २ बजेसम्म एक हजार ५० बढीको उद्धार भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *