२०८३ मङ्सिर ११ गते बिहिवार

पहिरोमा परि आमाछोरीको मृत्यु


पाँचथर,असोज १२ । पहिरोमा परि पाँचथरमा आमाछोरीको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ गढीस्थित चिसापानीमा घरमा पहिरो खस्दा आमा छोरीको मृत्यु भएको हो ।

आदिवासी जनजाती महासंघको भवनसँगै रहेको घरमा सुतिरहेका बेला खसेको पहिरोले पुरिँदा फिदिम १२ की २४ वर्षकी सपना र उनकी पाँच वर्षकी छोरी डोल्मा शेर्पाको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।

उनीहरु फिदिम ४ मा डेरामा बस्दै आएका थिए । साथीको घरमा सुत्न आएका बखत उनीहरुलाई पहिरोले पुरेको बताइएको छ । त्यहाँ रहेका तीनजना भने भाग्न सफल भएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बिहान साढे तीन बजे पहिरो खसेको स्थानीयले बताएका छन् । मृतक आमाछोरीको शव प्रहरीले पहिरोबाट झिकेको छ ।

पहिरोले आदीवासी जनजाती महासंघ पाँचथरको भवन पनि पुरेको समेत प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *