२०८३ मङ्सिर ११ गते बिहिवार

रोल्पामा मोटरसाइकलको ठक्करबाट ८४ बर्षे बृद्धको मृत्यु


दाङ, असोज १० । रोल्पामा मोटरसाइकलको ठक्करबाट एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ ।


सुनिलस्मृति गाउँपालिका – २ धारापानीका ८४ बर्षीय रुद्र गिरीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।

बुधबार बलुकी सवा ७ बजेतिर सुलिचौरदेखि कमिरेचौर तर्फ जाँदै गरेको लु ४० प २३४६ नम्बरको मोटरसाइकलले पैदल यात्रु गिरीलाई खुङग्रीमा ठक्कर दिएको थियो ।


दुर्घटना पछि उद्धार गरि गिरीलाई प्राथमिक स्वाथ्य केन्द्र सुलिचौर पु¥यानासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्यूठानको स्वर्गद्धारी नगरपालिका – ३ किमिचौरका मोटरसाइकल चालक २० बर्षे बिशाल पुन प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *