तुलसीपुर, असोज ९ । दाङको घोराहीमा घरमा चट्याङ पर्दा छोराको मृत्यु भएको छ भने आमा र छोरी घाइते छन् । घाइते आमा र छोरा छोरीको तुलसीपुरमा उपचार जारी छ ।
घोराही उपमहानगरपालिका – ११ खुङकोटका ३ बर्षीय समिर साहुको बुधबार बिहान उपचारका क्रममा तुलसीुपरस्थित राप्ती प्रादेशकि अस्पतालमा मृत्यु भएको हो ।
मंगलबार दिउँसो घरमै बसिरहेको समयमा आमा ४२ बर्षीय निमकला साहु र उनकी ६ बर्षीया छोरी सबिनासहित तीन आमा छोरा घाइते भएका थिए ।
घाइते तीनै जना आमा, छोरी र छोरालाई उपचारका लागि सुरुमा घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको थियो । प्रष्ठिानले बुधबार बिहान तुलसीपुरको प्रादेशिक अस्पतालमा रिफर गरेको थियो । अस्पताल पु¥याउनासाथ चिकित्सकले ३ बर्षीय समिरलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
आमा र छोरीको तुलसीपुरमा उपचार जारी छ । चट्याङबाट आमा निमकलाको दुबै खुट्टाहरुमा घाउखतहरु छन भने छोरी सबिनाको भित्री चोट रहेको प्रहरीले जानकारी दिइएको छ ।
तुलसीपुरमा उपचाररत आमा छोरीको अवस्था सुधारउन्मुख रहेको पनि जनकारी दिइएको छ ।
