२०८३ मङ्सिर ११ गते बिहिवार

तुलसीपुरको नयाँ डिएसपीका रुपमा अनिल ठकुरी आउँदै

तुलसीपुर, असोज ९ । इलाका प्रहरी कार्यालय तुलसीपुरको नयाँ प्रमुख डिएसपीको रुपमा अनिल ठकुरी आउने भएका छन् ।


ठकुरी यसअघि त्रिभुवन विमानस्थलमा कार्यरत थिए । नेपाल प्रहरीको प्रधान कार्यालयको सोमबारको निर्णय
अनुसार यसअघिका डिएसपी ठाकुरप्रशाद पोख्रेलको सरुवा भएको छ । उनको काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्जमा सरुवा भएको छ ।


मंगलबार एकै साथ नेपाल प्रहरीका १४३ प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवाको लिष्ट सार्वजनिक भएको थियो ।

प्रहरी महानिरीक्षकको निर्णयअनुसार, असोजदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरि डिएसपीहरुको सरुवा भएको हो ।

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *