
दाङ, जेठ ३० । ढिलो गरि निर्णय भएको नेपाल सरकारको महत्वाकांक्षी योजना प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनका लागि स्थानीय तह सुस्त देखिएका छन् । यहि जेठको दोस्रो साता सरकारले निर्णय गरी बजेट पठाइसकेको अवस्थामा पनि दाङ जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये ४ वटा स्थानीय तहहरुले मात्र यो कार्यक्रम सुरु गरेका छन् ।
कार्यक्रम सुरु गर्नेहरुमा घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउंपालिका र ववई गाउपालिका रहेका छन् । अन्य ६ वटा स्थानीय तहले एक महिना बांकि रहेको परियोजनाको पनि सुरुवातको संकेत देखाएका छैनन् ।
कार्यक्रमलाइ प्रभावकारी रुपमा संचालन गर्न कार्यविधि बनाउनेदेखि वेरोजगार छान्ने काम भइरहेको ती स्थानीय तहका अधिकारीहरुले बताएका छन् । रोजगार पाउनेहरु पनि सके गरौंला, नसके छाडौंलाको मनस्थितिमा सहभागी बनेका छन् । उनीहरुले सरकारले दिएको हेल्मेट र ज्याकेट पनि आपत मान्दै मान्दै जवर्जस्त रुपमा पहिरिएका थिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा श्रमिक लक्षित देखिएको छ । त्यसमा १८ बर्षदेखि ५९ बर्ष सम्मका श्रमिकहरु सहभागि भएका छन् । कार्यक्रमका अधिकांश कामहरु शरिरिक श्रममा मात्रै केन्द्रित छन् । यसलाइ सहभागिहरुले पैसा पाउने श्रमिक शिविर पनि भनेका छन् ।
शिप विकाशको पाटो गुमनाम राखिएको पनि रोजगारमा संलग्न व्यक्तिहरुले बताएका छन् । यो अवस्थाले अधिकांशले वर्तमान अवस्थामा स्थानीय सरकारले दिने काम नियमित रुपमा गर्न सक्ने देखिएको छैन । ‘ट्रायलमा सहभागी हुंदै छौं, काम गरेर कमाई खाने वाटो हुन्छ वा हँुंदैन, हाम्रो श्रममा भर पर्ने छ,’,एक जना श्रमिकले भने, सके गरौंला, नसके छाडौला ।’
वेरोजगारहरुले सिपको सम्मान हुने अपेक्षा राखेका थिए, तर उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले शारिरिक श्रममा मात्र सिमित राखेको छ । यसैबीच तुलसीपुर उपमहानगरपालिकामा विहिवारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाहरुमा काम सुरु भएको छ ।
तुलसीपुरका नगर प्रमुख घनस्याम पाण्डेको अध्यक्षतामा एक अभिमुखिकरण कार्यक्रमको आयोजना गरी कामको सुरुवात गरिएको हो ।
तुलसीपुरउपमहानगरपालिकामा जम्मा ११ हजार आवेदन फाराम भरेकामध्ये गरिव, विपन्न, एकल महिला, कृषिबाट खान नपुग्ने परिवारलाई लक्षित गरी ६ सय जनालाई रोजगारी दिइने रोजगार संयोजक भागवत घिमिरेले जानकारी दिइ । पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामा योगदान पु¥याएबाफत प्रतिदिन ५ सय १७ का दरले पारिश्रमिक पाउने व्यवस्था गरिएको छ । त्यसका लागि उनीहरुले दैनिक ८ घण्टा काम गर्नुपर्ने छ । सम्पुर्ण बेरोजगारहरुले आफ्नै क्षेत्रमा रोजगार पाउने भएका छन् ।

रोजगारीका लागि तुलसीपुर उपमहानगरपालिकाले भौतिक पुर्वाधार निर्माण, तटबन्ध निर्माण, पर्खाल तथा जैविक बार निर्माण, सरसफाई, जलाशय संरक्षण, वृक्षारोपन, कृषि कुलो मर्मत सम्भार जस्ता आयोजना छनोट गरिएको छ ।
चालु आर्थिक वर्षका लागि १ महिनाको रोजगार दिइने छ र आगामी आर्थिक वर्षको लागि बेरोजगारको आबेदन दिएका सम्पुर्णले रोजगारी पाउने गरी व्यवस्था गरिने भएको छ । कार्यक्रममा उपप्रमुख माया आचार्य , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष टिकाराम खड्का, नेपाली काँग्रेसका सुरेन्द्र खड्का, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विरु रावत, खानेपानी संस्थाका अध्यक्ष खिमराज वली लगायतले कार्यक्रमलाई प्रधावकारी रुपले सञ्चालन गर्नुपर्ने बताएका थिए ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुको स्वागतमन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण रोजगार संयोजक भागवत घिमिरेले गरेका थिए ।
यसैबीच घोराही उपमहानगरपालिकाले ‘श्रमको सम्मान राष्ट्रको अभियान’ भन्ने नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको छ । उपमहानगरले बेरोजगारहरुलाई रोजगारसंग जोड्न र श्रमको सम्मान गर्ने उदेश्यका साथ सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरेको हो । एक महिनाका लागि एक करोड बजेट संघीय सरकारले घोराही उपमहानगरमा पठाएको छ ।
उक्त बजेटको ७० लाख कामदारको ज्याला, २५ लाख रुपैंया औजारहरु खरिद, ४ लाख आयोजना सुपरभाईजर तथा व्यवस्थापनमा र एक लाख कन्टिन्जेन्सिमा खर्च गर्ने गरी बजेट बाँडफाँड भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको नगर प्रमुख नरुलाल चौधरीले सुभारम्भ गर्दै श्रमलाई सम्मान गर्ने सोचको बिकास आबस्यक रहेको बताए । वडा नम्बर २ र १४ बाट कार्यक्रमको सुरुवात गर्दै नगर प्रमुख चौधरीले सम्मानका साथ श्रममा जुट्न आग्रह गरे । कुनै पनि काम सानो ठूलो नहुने भन्दै सरकारले ल्याएको अबसरमा जोडिएर नगरको विकासका लाग्न आग्रह गरे । फिल्डमा खटिएर काम गर्न लाज मान्ने, संकोच राख्ने, डराउने प्रबृतिकै कारण आर्थिक जीवनस्तर सुधार हुन नसक्ने प्रमुख कारण बनेको उनले उल्लेख गरे ।
वडा नम्बर २ का अध्यक्ष केशब आचार्यको अध्यक्षमा जनता मावि बुकामा कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरिएको हो । यसैगरी, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश उपाध्यक्ष हेमराज बन्जाडे, जिल्ला अध्यक्ष नारायण भुसाल सहितको उपस्थितीमा लखन पार्कमाकार्यक्रमको आयोजना गरि रोजगार कार्यक्रमको सुरुवात गरिएको हो ।
कार्यक्रममा रोजगार संयोजक शरद पाण्डेले घोराही उपमहानगरले ४ सय ७५ जनालाई रोजगार दिने जानकारी दिए । घोराहीमा १३ हजार २ सय ५७ जनाले फारम भरेका थिए । दैनिक ७ घण्टा काम गर्नुपर्ने र उपमहानगरले त्यसका लागि ३६ वटा बिभिन्न योजनाहरु छनोट गरेको छ । ४० हजारदेखि ५० लाख सम्मका योजनाहरुमा ति कामदारहरु जोडिने छ भने दैनिक ५ सय १७ रुपैयाँ ज्याला पाउने छन् । त्यसैगरी ववई गाउँपालिकामा पनि कार्यक्रम सुरुभएको छ ।
गाउँपालिकाका ७ वटै वडाबाट १०÷१० जना तथा गाउँपालिकाबाट ३० जना गरि एकसय जनालाई रोजगार प्रदान गरेको गाउँपालिकाका रोजगार संयोजक बिप्लव भट्टराईले जानकारी दिइन् । चाल ुआर्थिक बर्षमा ३० दिनका लागि रोजगार दिन लागेको उनको भनाई छ ।
बबई गाउँपालिकामा चारहजार दुईसय ४६ जनाले बेरोजगार फाराम भरेको उनले बताइन् । ती मध्ये यो आर्थिक बर्षमा अतिबिपन्न बर्गलाई छनौट गरेको उनको भनाई थियो । प्रत्येक वडाबाट १०÷१० जना छनौट गरेको भन्दै ती १० जनामध्येबाट एक÷जना समूह प्रमुख छनौट गरेर काम अगाडि बढाउने तयारी भएको समेत उनले बताईन् । त्यसका लागि गाउँपालिकामा २४ लाख बजेट आएको समेत उनको भनाई छ । त्यस्तै शान्तिनगर गाउँपालिकामा शान्तिनगर गाउँपालिकामा ९९ जनाले रोजगार पाउने भएका छ्न । शान्तिनगरका संयोजक निमराज साप्कोटाका अनुसार एक महीनाका लागी ९९ जना कामदारका लागी केन्द्र सरकारले २२ लाख रुपैयाँ समेत पठाइ सेकेको जानकारी दिएका छन। शान्तिनगरमा रोजगारका लागि करिब ४ हजार २ सय ७५ जनाले फारम भरेका थिए ।
त्यस्तै लमही नगरपालिका गढवा, वंगलाचुली, राप्ती र राजपुर गाउँपालिकामा पनि यो कार्यक्रम सुरु हुने बताइएको छ । गढवा गाउँपालिकामा ३ हजार ५ सय ८४ जनाले फारम भरेका छन् । ३१ लाख रकम आएको र कतिजनालाई रोजगार दिने भन्ने विषयमा छलफल सुरु भएको कार्यक्रम संयोजक अशोककुमार यादवले बताए ।
राजपुर गाउँपालिकाका दुई हजार बढीले फारम भरेको र १२८ जनालाई रोजगारी दिइने अध्यक्ष लोकराज केसीले जानकारी दिए । सो गाउँपालिकामा २० लाख रकम आाएको छ । त्यस्तै राप्ती गाउँपालिकामा ३६ जनलाई रोजगार दिइने छ । त्यहाँ २५ सय जनाले फारम भरेका छन् । गाउँपालिकामा ३४ लाख वजेट आएको अध्यक्ष नुमाराम सुवेदीले जानकारी दिए ।
त्यस्तै वंगलाचुली गाउँपालिकामा १२० जनालाई रोजगारी दिइने छ । सो गाउँपालिकामा २० लाख रकम आएको छ ।
लमही नगरपालिकामा २७० जनालाई दिने बताएको छ । ३ हजार १सय ५६ जनाले फारम भरेका छन् । लमहीमा ३९ लाख कार्यक्रम संयोजक शरद पुरीले जानकारी दिएका छन् । कार्यक्रम केही दिनमा सुरु हुने छ ।
