२०८३ असार ७ गते आइतवार

एसिड प्रहार गर्नेलाई ४ वर्ष कैदको फैसला

एसिड प्रहार वाट घाइते महिला चौधरी ।

दाङ, जेठ २९ । एकजना महिला माथि एसिड प्रहार गर्ने व्यक्तिलाई दाङ देउखुरी जिल्ला अदालतले चार बर्ष कैद तथा जरिवाना र क्षतिपुर्ती समेत गरि झन्डै ढाई लाख भराउन आदेश दिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी २६ बर्षीया रीता चौधरी माथि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ निवासी ३७ वर्षीय बद्रिविशाल मिश्रले एसिड चार वर्ष अगाडि घोराहीमा एसिड प्रहार गरेका थिए ।

एसिड प्रहारबाट चौधरीको छाति र घाँटीको भाग जलेको थियो । चार बर्ष अगाडि २०७२ फागुन २७ गते साँझ पसलमै बसिरहेको समयमा चौधरीमाथि एसिड प्रहार भएको थियो चार बर्ष अगाडिको उक्त मुद्दामा फैसला गर्दै न्यायाधीश हेमन्त रावलको ईजलासले मिश्रलाई चार वर्ष कैद, एकलाख जरिवाना र पीडितलाई एक लाख ४५ हजार रुपैंया क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने फैसला सुनाएको छ ।

अदालतले मिश्रलाई दोषी ठहर गर्दै त्यो फैसला सोमवार सुनाएको हो । तर अदालतले घटनाका अन्य आरोपितहरु घोराही १७ का २० वर्षीय विष्णु चौधरी र २८ वर्षीय सुनिल चौधरीलाई निर्दोश रहेको भन्दै सफाई दिएको छ ।

त्यसैगरी अदालतले जरिवाना स्वरूपको एक लाख रुपैंया पीडितलाई नै उपलब्ध गराउन आदेश दिएको श्रेस्तेदार धनिप्रसाद चापाँईले बताएका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *