२०८३ असार ७ गते आइतवार

शिक्षा शाखामा ताला


यमकला भुसाल,
तुलसीपुर,जेष्ठ २६ । जिल्लाका प्रमुख ३ बिद्याथी संगठनहरुले तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखामा तालाबन्दी गरेका छन । तुलसीपुर क्षेत्रका निजी तथा सामुदायिक बिद्यालयहरुले मनोमानि ढंगले प्रत्येक बर्ष शुल्क बृदी गर्ने प्रचलन अझै पनि अन्त्य नहुदा पटक पटक नगर शिक्षा तुलसीपुरसंग ध्यानाकर्षण समंधित बिद्यालयलाइ बिद्यार्थी सगठनहरुले गंभीर ध्यानाकर्षण गराउंदा पनि ब्यवस्ता गरी शुल्क बृदी गर्ने क्रमलाई निरन्तरता दिदै आएको भन्दै शिक्षा शाखामा तालाबंदी गरेको बिधार्थी संगठनहरुले बताएका छन ।

नेपाल बिद्यार्थी संघ,अनेरास्ववियु र अखिल क्रांतिकारी बिद्यार्थी संगठनले तुलसीपुर उपमहानगरपालिकामा रहेको शिक्षा शाखामा आइतबार तालाबंदी गरेका हून । शैक्षिक निर्देशिका भन्दा बाहिर रहेर निजी तथा सामुदायीक बिद्यालयहरुले मनोमानि ढंगले शुल्क लिने गरेको र राज्यले तोके बमोजिम छात्रबृत्ति बिद्यार्थीहरुलाइ उपलब्ध नगराएको हुदा आन्दोलनामा जान बाध्य भएको नेबिसंघका नेता किरण केसीले जानकारी दिए ।

बिगतका बर्ष झै यस बर्ष पनि तुलसीपुर नगर शिक्षा समिति संग छलफल गर्दा यस बिषयबस्तुसंग गंभीर नहुदा, बिद्यालयहरुले आफ्नो मनोमानि ढंगले शुल्क लिने गरेको हुदा र बिभिन्न मागहरु कार्यान्वयन नभएको हुदा ताला बंदी गर्न बाध्य भएको अनेरास्वबियुका जिल्ला अध्यक्ष् बिरबल खड़काले जानकारी दिए । साथै उनीहरूले बिगतका बर्षमा भएको सम्झौता कार्यान्वयन नभएको,मनोमानि शुल्क बृदी गरेको,छात्रबृत्ति अनियमितता गरेको,बिधार्थी अनुगमन पश्चात बिधार्थी संगठनहरुलाई माग गरे बमोजिम ड़ाटाहरु उपलब्ध नभएको र निजी तथा सामुदायिक बिद्यालयहरु मनोमानि रुपमा अगाडी बढेको लगाएतका बिषयमा गंभीर नभएमा अनिश्तिकालीन तालाबन्दी गर्ने चेतावनी समेत दिएका छन ।

प्रकाशित मिति : २०७६ जेष्ठ २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *