दाङ, साउन १७ ।
कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका – २ कमलशाकी २० बर्षीया हिरा शाहको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
बिहीबार बिहान १० बजेतिर धान गोड्ने क्रममा शाहलाई बाघले आक्रमण गरेको थियो । शाहको शब उखुबारीमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
