२०८३ मङ्सिर ११ गते बिहिवार

हेमराज धिताल हत्याकाण्डको १४ बर्ष पुरा, अझै पत्ता लागेनन् हत्यारा

तुलसीपुर, साउन ५ । रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष देबीप्रशाध धिताल (हेमराज)को हत्या काण्डको १४ बर्ष पुरा भएको छ ।


आज भन्दा १४ बर्ष पहिले तत्कालिन राप्ती अंचल बस ब्यबसायी समितिका अध्यक्षसमेत रहेका धितालको साबिक उरहरी गाबिसको अस्थायी प्रहरी चौकी जस्पुर भन्दा केही उत्तर हेमनगरमा अज्ञात हतियार धारी समुहले साउन ६ गते हत्या गरेको थियो ।

धिताल स्मृति प्रतिष्ठिानले हरेक बर्ष उनको संझनामा कार्यक्रम गर्ने गर्छ । तुलसीपुरस्थित साबिक राप्ती अञ्चल यातायाता समिति र हालको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिको तुलसीपुरस्थित कार्यालयमा शनिबार उनको संझनामा कार्यक्रम गरिएको हो ।


प्रतिष्ठानका अध्यक्ष स्वर्गिय हेमराजका सशुरा हरिहरप्रशाद रजौरियाको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्ने ब्यक्तिहरुले प्रहरी प्रशासनले हालसम्म पनि हत्याको कारण र हत्यारा पत्ता लगाउनु नस्कनु ठूलो कमजोरी भएको बताएका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै त्रिशिद्धिश्वरी यातायात प्रालिका अध्यक्ष सुुरेश हमालले आफ्ना तत्कालिन अध्यक्ष धितालको हत्यारालाई छिटो पहिचान गरि सार्वजनिक गर्न माग गरे । खुनले बाटो नदिने भन्दै एक दिन अवश्य पनि हत्यारा पक्राउ पर्ने उनको विश्वास थियो ।


नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले १४ बर्षसम्म पनि रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष धितालको हत्याको कारण र हत्यारा पहिचान गर्न प्रहरी प्रशासनले नसक्नुले समाज अन्यौंल र त्रासमा बाँच्नु परेको बताएका थिए । धिताल हत्या हरेक मानिस स्वतन्त्र र भएरहित बाँच्न पाउने अधिकारको ठाडो उलंघन मात्रै नभइ एक समाजिक अभियान्ताको समसाँझै बस्तिमाझ भएको हत्या एक जघन्ने मानब अधिकार उलंघनको घटना भएको हुँदा त्यो छिटो पत्ता लगाउन प्रहरी लाग्नु पर्ने माग गरे ।


कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस नेता हेमराज प्रतिष्ठानका सदस्य लेबेन्द्र धितालले हेमराज धिताल हत्या एक नियोजित र क्रुर घटना भएको हुँदा त्यस्मा संलग्न ब्यक्तिहरुको छिटो भन्दा छिटो पहिचान गरि सार्वजनिक गर्न माग गरेका थिए ।

स्वर्गिय हेमराजकी जेठी छोरी मनिषा धितालले यतिका समय आफ्ना बाबाका हत्यारा पत्ता नलाग्दा आँफुहरु त्रासमा बाँच्नु परेको बताइन । उनले आँफु चुपचाप बस्दा झनै राज्यले निरही ठानेको जस्तो महसुश भइ रहेको बताएकी थिइन । कार्यक्रममा हेमराजको स्मृतिमा राप्ती यातायात प्रालिको तर्फबाट रेडियो तुलसीपुरकी कार्यबहाक सम्पादक सर्मिला डिसीलाई ५ हजार ५ सय ५५ रुपैंया नगदसहित सम्मान र यातायात मजदुर टंक बिसीलाई दश हजार बढी नगरले सम्मान गरिएको थियो ।


कार्यक्रमको त्रिशिद्धेश्वरी यातायात प्रालिका प्रेस सल्लाहाकार सहजीकरण पत्रकार शरद रेग्मीले गरेका थिए ।
त्यसक्रममा कार्यक्रममा उपस्थित घर परिवारका सदस्यदेखि सबैले स्वर्गिय हेमराजको शालिकमा माल्र्यापन गरेका थिए ।

जतिखेर धिताल आफ्नो पूर्खेउली गाविस उरहरी अन्तरगतका कटाँहा, हस्नापुर लगाएतका वडाहरुमा मानिसहरु संग भेटघाटका लागि गइ फर्किदै थिए । त्यो समय धिताल राजनीतिमा क्रियासिल हुने उदेश्यका साथ घरदैलोमा पुगेका थिए ।

उनी नेपाली काँग्रेसको वडा सम्मेलनको तयारीका लागि आफ्नो पक्षमा माहोल निर्माण गर्न घर दैलोमा गइ फर्किने क्रममा हतियार धारी अज्ञात समुहले मोटरसाइकलमा तुलसीपुरस्थित आफ्नो घर तर्फ फर्किदै गर्दा बाटो ढुकेर बसेको समुहले बुलेका साढे ६ बजेतिर लखेकी लखेटी गोली प्रहार गरि हत्या गरेको थियो ।
छाति लगाएत शरिरका बिभिन्न भागमा गोली प्रहार बाट अचेत भएका धिताललाई तत्कालिन अञ्चल अस्पतालमा पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *