
दाङ, जेठ २३ ।
नेपाली काँग्रेस दाङले जिल्लामा सञ्चालन गरेको नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको शनिबार समापन गर्ने भएको छ । नेपाली काँग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगीले त्यस्तो जानकारी दिएका हुन् । समापन कार्यक्रम जेठ २५ गते मध्यान्ह १२ बजेपछि घोराही उपमहानगरपालिकाको सभा कक्षमा हुने सचिव डाँगीले बताए ।
समापन कार्यक्रम पूर्व काँग्रेसको घोराहीस्थित पार्टी कार्यालयबाट ¥यालीसमेत निकालिने सचिव डाँगीले बताए । राष्ट्रिय जागरण अभियानअन्तर्गत काँग्रेसले दाङमा हालसम्म ३६ वटा कार्यक्रमहरु गरेको जानकारी दिएको छ । समापनका दिन शनिबार हुने कार्यक्रम ३७औं कार्यक्रम हुने सचिव डाँगीले फरक कोणलाई बताए ।
यसैबीच शनिवारको समापन कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण जिल्ला कार्यसमिति, पूर्व पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सभासद् तथा निवर्तमान सभासद्, क्षेत्रीय पदाधिकारी, क्षेत्रीय प्रतिनिधि, गाउँ नगर समितिका प्रदाधिकारी, भातृ तथा संगठन, सम्पूर्ण नेता तथा कार्यकर्ता, उद्योगी व्यवसायी, शिक्षक, कर्मचारी, पत्रकार, तथा शुभेच्छुक सम्पूर्ण नागरिकमा आग्रह गरिएको छ ।
