दाङ,जेठ २७ । नारायणपुर स्वास्थ्य चौकीमा सिकलसेल स्किृनिङ चेकजाँच शिविर हुने भएको छ ।
आउदो आषाढ २ गतेका दिन निशुल्क रुपमा नारायणपुर स्वास्थ्य चौकीमा सिकलसेल स्किृनिङ चेकजाँच शिविर हुने भएको हो ।
शिवीरमा वडाबासीहरुलाई सहभागी भईदिनका घोराही वार्ड नम्बर १० का वार्ड अध्यक्ष दिपक पाण्डेले अनुरोध गरेका छन ।
शनिबार एक कार्यक्रमका बिच शिविरमा स्वास्थ्य सेवा लिन उनले आग्रह गरे ।
ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा अमेरिकन लाईफ ईन्सोरेन्स कम्पनी मेट लाईफ ईन्सोरेन्स पुलचोक ललितपुरको सहयोग र घोराही उपमहानगरपालिका वडा नम्बर १०को समन्वयमा आज घोराही १० नारायणपुरमा सिकलसेल सम्बन्धी टोल अध्यक्ष, गुरुवा, महतावा, धामी झाक्री, शिक्षक, पुजारी लगायतको समुहलाई अभिमुखीकरण गर्ने कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वार्ड अध्यक्ष दिपक पाण्डेले शिबिरलाई सफलतापुर्वक संचालन गर्न यस क्षेत्रका नागरिकहरुको समेत महत्वपुर्ण भुमिका हुने भन्दै वडाबासी सबैलाई सहभागी भई सहयोग गर्न आग्रह गरे ।
शरिर दुख्ने, पक्षघात हुने, पटक पटक जन्डीस हुने, बिरामीहरुलाई आगामी आषाढ २गते बिहान ८ बजेदेखि नारायणपुर स्वास्थ्य चौकीमा संचालन हुने सिकलसेल स्किृनिङ शिबिरमा १५ देखि २५बर्ष उमेर समुहका र शंकास्पद ४० बर्ष मुनिका सबैलाई सहभागी भई स्वास्थय चेकजाँच गरी आफु ढुक्क हुन जिल्ला स्वास्थय कार्यालयका निमित्त प्रमुख तथा कार्यक्रमका बिशिष्ट अतिथि डम्बर कुवरले वडाबासीमा अपिल गरे ।
ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको सभाअध्यक्षता तथा वडा नम्बर १०का वार्ड अध्यक्ष दिपक पाण्डेको प्रमुख आतिथ्य र जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डम्बर कुवरको बिशिष्ट आतिथ्यतामा आज नारायणपुर १० मा सिकलसेल अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डम्बर कुवर र जिल्ला स्वास्थ्य कार्यालयका सिकलसेल फोकल पर्सन देबिलाल डागिले सहजीकरण गरेको कार्यक्रममा दुरदर्शन टोलका अध्यक्ष मोहन आर्चाय, नारायणपुर बिद्यालयका प्रधानाध्यापक भुप बहादुर रावत, नारायणपुर स्वास्थ्य चौकीका स्वास्थय ईन्चार्ज डिल्लीराज आर्चाय लगायतले आफनो धारणा राखेका थिए ।
संस्थाका शिवा चौधरीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थागत प्रस्तुतीकरण संस्थाका एच.बि.थापाले गरेका थिए भने कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गरेकि थिइन् ।