काठमाण्डाै ,बैशाख ११ । आज सुनचाँदीको भाउ सामान्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँ तोकिएको छ ।
हिजो तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८० बैशाख ११ गते सोमवार
