रोल्पा,माघ १९ । रोल्पामा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोल्पा नगरपालिका ४ बाईगाइ निवासी २६ वर्षीय पुरन चन्द रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
आज बिहान बिहान सवा ७ बजेको समयमा दुर्घटनामा परी गम्भिर घाइते भएका चन्दको जिल्ला अस्पताल रेउघामा उपचारकै क्रममा बिहीवार आजै दिउसो सवा एक बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रोल्पाको लिबाङबाट गजुल तर्फ जादै गरेको रा ३ प १०३८ नम्बरको मोटरसाइकल दहरेभिर नजिकै आफै अनियन्त्रीत भएर दुर्घटना भएको हो ।
मोटरसाइकल प्रहरीको नियन्त्रनमा रहेको र घटनाको बिषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार