काठमाण्डौ,साउन १६ । काठमाण्डौको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ ।
श्रीमान् दिनेश पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरीको शव फेला परेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
उनका अनुसार केशव पाण्डे झुन्डिएको अवस्थामा फेला परेका छन भने अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको छ । घटनाको प्रकृति हेर्दा दिनेशले श्रीमती छोराछोरीको हत्या गरिसकेपछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
घरमूली दिनेश पाण्डेकी श्रीमती सुनिता, छोरा र छोरी गरी तीन जनाको शव एउटा कोठामा भेटिएको छ भने दिनेशको शव फरक कोठामा झुन्डिएको अवस्थामा छ ।
घटनामा प्रयोग भएको एउटा चक्कु भेटिएको छ । यस्तै चार पेज लामो ुसुसाइड नोटु पनि भेटिएको प्रहरीले जनाएको छ ।
आज बिहान स्कुल जाने बेलामा एक जना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।
घटनाको अनुसन्धान भइरहेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।