दाङ, जेठ ५ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता कायमै राखेका छन् ।
गिरीले ३६९० मतका साथ अग्रता कायमै राखेका छन् ।
नेकपा एमालेका मेयर पदका उम्मेदवार टिकाराम खड्काले ३६५७ मतका साथ पच्छ्याइ रहेका छन् ।
काँग्रेस उम्मेदवार गिरी एमाले उम्मेदवार खड्का भन्दा ३३ मतान्तरले अगाडि छन् ।
यहाँ एमालेकी उपमेयर पदकी उम्मेदवार श्यानी चौधरीले भने आफ्ना प्रतिष्पर्धी संग मतान्तर बढाउँदै लगेकी छिन् । चौधरीले ३५३८ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एकीकृत समाजबादीका उपमेयर पदका उम्मेदवार जोगबहादुर राना मगरले २९७५ मत प्रांप्त गरेका छन् । चौधरी र मगर बीचको मतान्तर ५६३ रहेको छ ।
तुलसीपुरमा सत्ता गठबन्धन र एमालेका बीचमा मुख्य प्रतिपर्धा भइरहेको छ ।
१९ वडाहरु रहेको तुलसीपुरमा वडा नं. १ र २ को गणना सकिएको छ । वडा नं. १ मा सत्ता गठबन्धन र २ मा एक्ला एक्लै भिडेपनि एमालेले जितेको छ ।
अहिले वडा नं. ४ र ५ को मतगणना जारी छ ।
