
दाङ, फागुन २२ । सल्यानको शंखमुलमा नेपालकै सबैभन्दा ठूलो शंख स्थापना गरिएको छ ।
निर्मित शंखको आकृति नेपालकै सबै भन्दा ठूलो हो । काठमाडौंको शंखमुलमा निर्मित शंख भन्दा सल्यान शंखमुलको शंखको आकार ठूलो छ ।
शंख निर्माण गर्न ३१ लाख बढी खर्च गरिएको छ । नेपालकै ठूलो शंख निर्माण गरिएपछि पछिल्लो समय शंखमुलमा सर्वसाधारणको भिड लाग्न थालेको छ । शनिबार बिदाको दिन, स्थानीय र जिल्ला बाहिरका आन्तरिक पर्यटकहरुको घुँइचो लाग्न थालेको छ ।
धार्मिक पर्यटन पबद्र्धनका लागि झन्डै एक करोड ५५ लाख खर्चेर छत्रेश्वरी गाउँपालिकाले शंखमुलमा शंख पार्क निर्माण गरेको हो । शंखमुल छत्रेश्वरी ६ मा पर्दछ ।

श्रीस्वस्थानी बर्तकथामा सतिदेबीका सबै अंगहरु पतन भएपछि शिब भगवानले शंखमुलको कुण्डमा स्नान गरि कैलाश पर्बत तर्फ लागेको बर्णण गरिएको छ ।
सोही अनुरुप शख पार्क भित्र शिबले सतिदेबीलाई बोकेको मुर्तिपनि निर्माण गरिएको छ । त्यस्तै परम्परागत मौलिक प्रकृतिको खरले छाएको झुपडीपनि बनाइएको छ ।
शंखमुलको उक्त कुण्डमा सर्वसाधारणले सदियौंदेखि पुन्य प्राप्तीको लागि स्नान गर्दै आएका छन् । कुण्ड छायाँ क्षेत्र मन्दिरको झन्डै ३ किलोमिटर दुरीमा पर्छ ।

कुण्डको ठिक माथिको पहाडमा सतिदेबीको अन्तिम अंगको पतन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
शंख पार्क निर्माण छत्रेश्वरी शंख पार्क धार्मिक क्षेत्र विकाश समाज गठन गरि स्थानीय प्रशासनमा दर्तापनि गरिएको छ ।
छत्रेश्वरी गाउँपालिका अध्यक्ष धार्मिक पर्यटनको विकाश गर्न शंख पार्क निर्माण गरिएको जानकारी दिए ।
त्यसैगरी छत्रेश्वरी गाउँपालिकाले नै वडा नं। ६ को लान्टीमा दश लाख खर्चेर १०८ शिवलिंग निर्माण गरेको छ । त्यहाँपनि मानिसहरुको भिडभाड लाग्न थालेको छ ।

