२०८३ मङ्सिर ८ गते सोमवार

हाम्रो पहुँच सहकारीको दुधरासमा सप्तरंगी सेवा केन्द्र विस्तार

तुलसीपुर,माघ ७ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरासमा सप्तरंगी सेवा केन्द्रको विस्तार गरिएको छ ।

शाखाको शुक्रवार तुलसीपुरका मेयर घनश्याम पाण्डेले उद्घाटन गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले तुलसीपुरमा रहेका साना सहकारीहरुलार्ई एकीकृत गर्दै बृहत सहकारी बनाउने अभियानको सुरुवात सुरु भएको बताए ।

सहकारीका माध्यमबाट समृद्धि र विकासलाई अघि बढाउने बारे छलफल सुरु गरिएको पाण्डेले जानकारी दिए ।

साना–साना सहकारीका माध्यमबाट भन्दा बृहत र योजनाबद्ध सहकारीको माध्यमबाट पूँजीको परिचालन गर्न सहज हुने मेयर पाण्डेले तर्क गरे ।

सहकारीको माध्यमबाट अर्थतन्त्रको विकास सजिलो गरि सम्भव रहेको हुँदा मर्जरको नीति ल्याइएको उनले जानकारी दिए ।

कार्यक्रममा तुलसीपुर १८ का वडाध्यक्ष माधव वलीले संस्थाको उद्देश्यलाई आत्मसाथ गर्दै आगामी कार्यहरु अगाडि ल्याउन आग्रह गरे ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर १७ का सदस्य मदन बस्नेत, संस्थाका सल्लाहाकार नारायण प्रसाद भण्डारी, राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्लीराज भण्डारी,कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गिरिराज पाण्डे,संस्थाका लेखासमिति सदस्य तुलसीप्रसाद भण्डारी लगाएतले निम्न वर्गका नागरिकको आयस्तर बढाउन सहकारीले भुमिका खेल्नुपर्ने जोड दिएका थिए ।

कार्यक्रममा तीन सय जना सुत्केरी सेयर सदस्यहरुलाई घिउ वितरण गरिएको थियो ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सप्तरंगी बहुमुखी सहकारीको एकतापछि पहिलो पटक शाखा बिस्तार गरिएको हो ।

प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *