
तुलसीपुर, पुस २८ । तुलसीपुर ११ कटाँहास्थित आधारभूत बिद्यालयमा अस्थायी शिषक पदपुर्ती गर्नका लागि तुलसीपुर उपनगरपालिकाले बिहीबार लिएको लिखित परीक्षा पुनः सञ्चालन गर्न कटाँहा गाउँका १४ जना ब्यक्तिले माग गरेका छन् ।
उनीहरुले संयुक्त रुपमा जारी गरेको ध्यानाकर्षण पत्रमा आफ्ना मानिसहरु ल्याउन परीक्षा भन्दा पहिला नै प्रश्नपत्र बाहिरीको सूचना प्राप्त भएको भन्दै पुनः परीक्षा गराउन माग गरेका हुन ।
उक्त बिद्यालयमा अस्थायी शिक्षक पदपुर्तीका लागि १३ जनाले आबेदन दिएका थिए । त्यसमध्य पहिलो चरणको छनौटमा चार जनालाई मात्रै बिहीबार नै छनोट गरिएको स्रोतले दाबी गरेको छ । ती मध्य पनि एक जना उपस्थित नभएपछि तीन जनाको पदमा तीन जनालाई मात्रै मिलेमतोमा परीक्षा गराइएको उलने दाबी गरे ।

तर, विद्यालयका प्रधानाध्यापक टंक भण्डारीले भने ‘सर्ट लिष्ट’मा पाँच जना छनोट भएको जानकारी दिए ।उक्त परीक्षामा विद्यालयका प्रधानाध्यापक टंक भण्डारीकी छोरी सरिता भण्डारी, व्यवस्थापन समितिका अध्यक्ष विरबहादुर बस्नेतको कान्छा ससुराकी छोरी सरस्वती डाँगी लगाएतलाई ल्याउने षडेन्त्र भएको आरोप गाउँलेको छ । ती दुबै परीक्षामा सामेल थिए ।
तर, विद्यालयका प्रधानाध्यापक टंक भण्डारीले आफ्नी छोरीपनि परीक्षामा सामेल भएका कारण आँफु परीक्षा हलमा उपस्थित हुन नपाउने नियम अनुसार नगएको बताए ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिरबहादुर बस्नेत र तुलसीपुर १० का वडाध्यक्ष तथा तुलसीपुर शिक्षा शाखाका संयोजक कुमार लामिछानेले आफ्नो मोवाइल स्वीच अफ रहेको हुँदा फोनमा प्रतिक्रिया लिने प्रयास संभव हुन सकेन । आफन्त ल्याउन सेटिङमा परीक्षा गराइएको भन्दै गाउँलेले बिरोध गरेपछि उनीहरुले जानाजान मोवाइल अफ गरेको ती गाउँलेको दाबी छ ।

‘ सबैको मिलेमतो र सेटिङमा आफन्त ल्याउने षडेन्त्र भयो,’ उनले भने ‘ यदी पुनः परीक्षा सञ्चालन गरिएन भने हामी त्यसरी सेटिङमा आएका शिक्षकलाई बिद्यालय प्रबेश गर्ने दिने छैनौं।’उनले निष्पक्ष रुपमा हुने परीक्षाबाट मात्रै योग्य शिक्षक छनौट हुने र त्यस्ता शिक्षकले मात्रै राम्रो शिक्षा दिन सक्ने बताए ।
‘ सेटिङमा गराइएको परीक्षा हामी मान्दौंनांंै,’ उनले भने ‘ आफ्ना सन्तान र आफन्त राख्न ठूलो पैंशाको चलखेल भएको छ ।’ शिक्षा क्षेत्रको बिकृती अन्त्य गर्नका लागि सबैले खबरदारी गर्न जरुरी रहेको उनले बताए ।
