२०८३ बैशाख १६ गते बुधवार

राप्रपा अध्यक्ष लिङदेल तुलसीपुर आउँदै

तुलसीपुर, पुस ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देल बिहीबार दाङ आउँदै छन् । तुलसीपुरको विपी चोकमा आयोजित सार्वजनिक समारोहलाई बिहीबार उनले सम्बोधन गर्ने भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्न राप्राका उपसभापति धुर्व प्रधान, महामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा लगाएतका नेताहरु तुलसीपुर आउने भएका छन् । राप्रपा तुलसीपुर उपमहानगरपालिकाका अध्यक्ष प्रर्बत बस्नेतले बिहान ११ बजेदेखि तुलसीपुरको बिपी चोकमा कार्यक्रम सुरु हुने फरककोणलाई जानकारी दिए ।

अध्यक्षमा निर्वाचित भएपछि लिङ्देल पहिलो पटक दाङ आउन थालेका हुन । निर्वाचित भएपछि पार्टी कार्यकर्तालाई सम्बोधन गर्न उनी आउन लागेका हुन । त्यसक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई तुलसीपुरमा स्वागत र सम्मानपनि गरिने भएको छ ।

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *