२०८३ असार १ गते सोमवार

थपिए ४ हजार ३६९ संक्रमित, निको भए ६ हजार २०५ जना

दाङ, जेठ १६। आइतबार थप ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा १० हजार ९८६ जनाको पिसिआर परीक्षण गरिएको हो। सो परीक्षणका क्रममा ३७०२ जनामा पोजेटिभ देखिएको हो।

त्यस्तै १ हजार ७८४ जनाको एन्टिजेन परीक्षण गर्दा ६६७ जनामा पोजेटिभ देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोनाबाट निको भएका छन्।

पछिल्लो २४ घण्टामा १०९ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हजार २७२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *