
काठमाडौं, जेठ १३ । कोरोना भाइरस संक्रमित नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको मृत्यु भएको छ।छाउनीस्थित सैनिक अस्पतालमा उपचारत सहायक रथी केसीको बिहीबार बिहान मृत्यु भएको हो ।
केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए। एक महिनादेखि अस्पतालमा रहेका उनलाई केही भन्टिलेटरमा समेत राखेर समेत उपचारको प्रयास भएको थियो । स्वास्थ्यमा सुधार नभएपछि केसीको मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार
