दाङ, जेठ ९ । बितेको २४ घन्टामा बाँके जिल्लाको मृत्यु शून्य रहेको छ । बितेको २४ घन्टामा बाँकेको मृत्यु शून्य रहेको जिल्ला फोकल पर्सन तेज वलीले बताए । तर, बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएका ८ जनाको भने मृत्यु भएको छ । जसमा कैलालीका ४, दाङका २ , सल्यान र बर्दियाका १÷१ जना रहेको फोकल पर्सन वलीले बताए । पछिल्लो समय दैनिक जसो १४ जनाको बढीको मृत्यु हुने गरेको आधारलाई तुलना गर्दा मृत्यु दर घटेको देखिएको छ ।
फोकल पर्सन वलीले सोमबार बाँकेमा १४४ जना नयाँ संक्रमित थपिएको भएपनि ४५२ जनाले कोरोना जितेको जानकारी दिएका छन् । सोमबार २०३ जना महिला र २४९ जना पुरुष कोरोना मुक्त भइ डिस्चार्ज भएको वलीले बताए । त्यस्तै बाँकेस्थित जमुनाहा नाकामा सोमबार १६०४ जनाको स्वास्थ्य परीक्षण गरिएको वलीले जनाएका छन् ।
ती मध्य संकास्पद ६६ जनाको एन्टिजेष्ट बिधिबाट परीक्षण गर्दा कसैमा पनि संक्रमन फेला नपरेको पनि वलीले बताए । बाँकेमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१३ पुगेको छ । बाँकेका २७३ र बाहिरी जिल्लाका २४० जनाको मृत्यु भएको वलीले बताए ।
