तुलसीपुर, बैशाख २२ । तुलसीपुरस्थित कोरोना बिशेष अस्पताल बेलझुण्डीमा बुधवार घोराहीका दूई जना संक्रमितको मृत्यु भएको छ । बुधबार बेलुका ४ : १५ बजे घोराही उपमहानगरपालिका वडा नं. १८ की ४५ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका ब्यबस्थापक द्रोर्ण वलीले जानकारी दिए ।
ती महिलाको बैशाख १५ गतेदेखि आइसियूमा उपचार हुँदै आएको थियो । यसअघि बुधबार बिहान बेलझुण्डीमा घोराही १५ का ६५ बर्षीय पुरुषको मृत्यु भएको थियो । अस्पतालका ब्यबस्थापक वलीका अनुसार उनको मृत्यु बुधबार बिहान ९ : १५ बजे भएको हो । उनी बैशाख १७ गतेदेखि अस्पतालमा उपचाररत थिए ।
बाँकेमा घोराहीकै थप एकको मृत्यु
त्यस्तै घोराहीकै अर्की एक महिलाको बाँकेमा मृत्यु भएको छ । घोराही १५ की ७० बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।
बाँकेका कोरोना फोलक पर्सन तेज वलीका अनुसार ती महिलाको मृत्यु बिहान १० बजे भएको हो । उनलाई बैशाख २० गते पिसिआर परीक्षणका क्रममा संक्रमन पुष्टि भएको थियो ।
