काठमाडौं, वैशाख २२। पछिल्लो २४ घन्टामा नेपालमा थप ८६५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बुधबार नेपालमा एकै दिन सर्वाधिक संक्रमण फेला परेको छ।
पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
यस्तै, कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।
प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
