काठमाडौं, वैशाख २१ । पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस संगै संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ ।
मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार ७७५ रहेको छ । यो संगै दुई लाख ८७ हजार ७९० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । यो संगै कोरोना भाइरस संक्रमणबाट तीन हजार ४१७ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
