
काठमाडौं, बैशाख १९ । अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । राति प्रदेश-१ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । आज वागमती र गण्डकी प्रदेश लगायत देशका सबैजसो पहाडी भूभागहरुमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । देशका अधिकांश ठाउमा आज दिनभरिनै मौसम बद्ली हुने अनुमान छ ।
रातिको मौसम पनि यस्तै रहने अनुमान छ । भोलि पनि देशका केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार
