दाङ, बैशाख १८ । बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्य ३ जना बाँकेका र एकजना कपिलबस्तु जिल्लाका रहेका छन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ की ४७ बर्षीया महिलाको शुक्रवार राति साढे ९ बजेतिर कोहलपुरमा मृत्यु भएको छ । जसको पिसिआर परीक्षणका क्रममा बैशाख १६ गते रिपोर्ट पोजेटिभ आएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
बाँकेमा कपिलबस्तुको कृष्णनगरनगरपालिका वडा नं. ५ का ५१ बर्षीय पुरुषको मृत्यु भएको छ ।
नेपालगञ्ज नर्सिंङ होममा बैशाख १५ गते भर्ना भएका उनको १६ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनको मृत्यु राति १० बजेतिर भएको फोकल पर्सन वलीले बताए ।
त्यस्तै नेपालगञ्ज १० की ५५ बर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । उनलाई बैशाख १३ गते संक्रमन पुष्टि भएको थियो ।
बाँकेकै कोहलपुर नगरपालिका वडा नं. ११ का ३५ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।
बैशाख ११ गते पिसिआर परीक्षणका क्रममा उनलाई संक्रमन पुष्टि भएको थियो । उनको मृत्यु बिहीवार राति साढे १२ बजे भएको फोकल पर्सन वलीले जानकारी दिए ।
यो संगै बाँकेमा हालसम्म कोरोना संक्रमनबाट मृत्यु हुनेको संख्या ११८ पुगेको छ । बाहिरी जिल्लाका समेत गरि हालसम्म बाँकेमा कोरोना संक्रमित २३५ जनाको मृत्यु भइसकेको छ ।
