
तुलसीपुर, बैशाख १६ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले शुक्रवारदेखि सुरु हुने लकडाउनको पूर्ण पालना गर्न नगरबासीलाई आग्रह गरेका छन् ।
नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको हुँदा त्यसबाट जोगिन सबैले साबधानी अपनाउन जरुरी रहेको बताएका छन् ।
पाण्डेको विज्ञप्तीमा लकडाउनको समयमा घरमै सुरक्षित बस्न, घरबाहीर निस्कन आग्रह गरिएको छ ।
उनले जरुरी कामले निस्कनै पर्ने अवस्था आएमा सम्बन्धित निकायसंग समन्वय गर्न, सामाजिकदुरी कायम गर्न, भिडभाडमा नजान, भोजभतेर, पाटीमा सहभाथी नहुन आग्रह गरेका छन् ।
त्यस्तै उनले कुनैपनि धार्मिक परम्परा तथा साँस्कृतिक कार्य गर्दा २५ जना भन्दा बढी भेला नहुन र अनिवार्य रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार
