दाङ, बैशाख १६ । बाँकेमा उपचाररत थप दूई जना कोरोना संक्रमितको २० मिनेटको अन्तरमा मृत्यु भएको छ । गएराति एक घन्टाको अन्तरमा थप ३ जनाको मृत्यु भएको थियो । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत लम्कीचुहा नगगरपालिका वडा नं. १ कैलालीका ४३ बर्षीय पुरुषको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार उनको बिहीवार बिहान ७ ः ४० मा भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । सोही अस्पतालमै खजुरा गाउँपालिका वडा नं. २ बाँकेकी ६७ बर्षीया महिलाको बिहीवार बिहान ८ बजे मृत्यु भएको फोकल पर्सन वलीले बताए ।
यो संगै बाँके जिल्लामा मात्रै १०७ जना संक्रमितको मृत्यु भएको भएको छ भने बाँकेमा उपचारका लागि लगिएका बाहिरी जिल्लाका थप ११० जनाको मृत्यु भएको छ ।
त्यसअघि बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मृतक मध्य तीन जनाको एक घन्टाको अन्तरालमा मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका ४ का ६० बर्षीय पुरुष र कोहलपुर नगरपालिका ११ की ४३ बर्षीया महिलाको एकै समयमा मृत्यु भएको छ ।
६० बर्षीय पुरुषको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्ज र ४३ बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको बाँकेका कोरोना फोलक पर्सन तेज वलीले जानकारी दिए । नेपालगञ्ज ९ का ४२ बर्षीय पुरुषको १० बजेराति, बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका ८ का ३२ बर्षीय पुरुषको बिहीबार बिहान साढे १ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।
त्यस्तै नेपालगञ्ज ५ का ५५ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । फोकल पर्सन वलीका अनुसार उनको मृत्यु बिहीबार बिहान साढे ५ बजेतिर भएको थियो ।
