तुलसीपुर, बैशाख १४ । तुलसीपुरमा थप दूई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकहरु तुलसीपुर ६ की ३७ बर्षीया महिला र तुलसीपुर ६ का ३१ बर्षीय पुरुष रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का ३१ बर्षीय पुरुको भेरी अस्पताल नेपालगञ्जमा मंगलबार बेलुका साढे ६ बजे मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार ती पुरुष बैशाख १२ गते भेरी अस्पतालमा भर्ना भएका थिए ।
त्यस्तै तुलसीपुर ७ की ३७ बर्षीया महिलाको भेरी अस्पतालमै मंगलबार बेलुकी ७ बजे मृत्यु भएको छ । ती महिलाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा बैशाख २ गते पिसिआर परीक्षण गराएकी थिइन ।यो संगै बाँकेमा बितेको २४ घन्टामा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
यो संगै बाँकेमा उपचारका लागि लगिएका बाहिरी जिल्लाका १०८ जना संक्रमितको मृत्यु भएको छ ।
बाँके जिल्लाका मात्रै ९७ जना संक्रमितको मृत्यु भइसकेको छ । बाँकेमा हालसम्म मृतकको संख्या २०५ पुगेको छ ।
