तुलसीपुर, बैशाख १२ । दाङको देउखुरीमा सहोदर दिदी बहिनीको एकैसाथ मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नं. ६ का १३ वर्षीया छोरी बिनिता बुढा र ११ वर्षीया रीता बुढाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टलेले प्रेम बुढाका दुई छोरीको झाडापखालका कारण आइतबार मृत्यु भएको भन्ने खवर आएको जानकारी दिए । झाडा पखाला लागेपछि उनीहरुलाई उपचारका लागि नेपाल–भारत सीमा नाकास्थित सामुदायिक स्वास्थ्य इकाइ लगिएको थियो ।
घर परिवारले उनीहरुको अवस्था बिग्रदै गएपछि उपचारका लागि भारत लैजान खोजेपछि सीमानाका सिल गरिएको हुँदा उपचारका लागि जान नसेको हुँदा उपयुक्त उपचार नपाएर दूई दिदी बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिकट क्षेत्र खँग्रा नाकाबाट देउखुरीकै लमही बजारसम्म ल्याउन भौगोलिक कठिनाई रहेको हुँदा समस्या छ । दूई दिदी बहिनीको शब पोस्टमार्टमका लागि भने लमही ल्याउन लागिएको प्रहरीले जानकारी दिएको छ ।
