२०८३ असार २ गते मङ्गलवार

बाँकेमा थप ३ कोरोना संक्रमितको मृत्यु

दाङ, बैशाख ११ । बाँकेमा कोरोना संक्रमित थप तीन जनाको मृत्यु भएको छ ।नेपालगन्जको त्रिभुवन चोकका ३५ बर्षीय पुरुषको शुक्रवार राति ९ ः ३५ बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार शुक्रवार मात्रै संक्रमन पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० बाँकेकी ६१ बर्षीया महिलाको शनिवार बिहान १ ः २१ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । उनलाई बैशाख ८ गते संक्रमन पुष्टि भएको थियो ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका ५ का ८४ बर्षीय पुरुषको शुक्रवार बेलुका ७ बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । उनलाई बैशाख ७ गते कोरोना संक्रमन पुष्टि भएको थियो ।
यो संगै बाँकेमा ७ ६ जना कोरोना संक्रमितको मृत्यु भएको फोकल पर्सन वलीले बताए ।

प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *