तुलसीपुर , बैशाख ११ । घोराहीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ का ६२ बर्षीय पुरुषको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ । शुक्रवार राति ११ः५ बजे उनको मृत्यु भएको अस्पतालका कर्मचारी द्रोर्ण वलीले जानकारी दिए ।
उनको बैशाख १ गतेदेखि आइसियूमा राखेर उपचार हुँदै आएको थियो । शुक्रवार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौराका ७९ बर्षीय पुरुषको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार
