तुलसीपुर, वैशाख ८ । बुधवार तुलसीपुरमा २३ जनाको पिसिआर परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीवार विभिन्न स्थानमा गरिएको परीक्षणमा कुल २१ जनालाई संक्रमण पुष्टि भएको तुलसीपुरका फोकल पर्सन विमल केसीले जानकारी दिए ।
नयाँ फेला परेका संक्रमित मध्य १८ जना पुरुष र ३ जना महिला रहेका छन् । फेला परेका संक्रमित मध्य १२ जना वडा नं. ६ का मात्रै छन् । मंलवार मात्रै वडा नं. ६ का वडाध्यक्ष नवराज लामिछाने लगाएतका व्यक्तिलाई संक्रमन पुष्टि भएको थियो ।
नयाँ फेला परेका संक्रमित मध्य वडा नं. ५ मा २ जना, वडा नं. १५ मा २ जना, वडा नं. १८ मा १ जना, वडा नं. १९ का १ जना, वडा नं. १० का १ जना, वडा नं. २ का १ जना र वडा नं. १ मा १ जना गरि २१ जनालाई संक्रमन पुष्टि भएको फोकल पर्सन केसीले बताए ।
यो संगै तुलसीपुुरमा सक्रिय संक्रमितको संख्या ९६ पुगेको छ ।
केसीका अनुसार १ जना बेलझुण्डी अस्पताल र अर्का १ जना नेपालगञ्ज मेडिकल कलेजको आइसियूमा उपचाररत छन् ।
त्यस्तै बेलझुण्डी अस्पतालको आइसोलेसनमा ११ जना, भेरी अस्पतालको आइसोलेनमा ७ जना छन् ।
त्यस्तै कोहलपुर मेडिकल कलेजको आइसियूमा ५ जना उपचाररत छन् । त्यस्तै थप २ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र बाँकी होम आइसोलेसनमा रहेको फोकल पर्सन केसीले जानकारी दिएका छन् ।
तुलसीपुरमा मात्रै हालसम्म कोरोना संक्रमित २५ जनाको मृत्यु भएको छ ।
