२०८३ कार्तिक १२ गते बुधवार

एकैदिन १७३६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं,वैशाख ७ । पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ हजार ५५ नमूनाको पिसिआर परीक्षण र ६८३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट एक हजार ६ सय ६७ जना र एन्टिजेन विधिबाट ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ। त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *