२०८३ भाद्र २६ गते शुक्रवार

आज यी स्थानमा पानी पर्ने

काठमाडौँ चैत्र १९ । काठमाडौं उपत्यकासहित प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आज पनि पानी पर्ने सम्भावनारहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बुधबार साँझ काठमाडौंमा ९.८ मिलिमिटर वर्षा भएको छ। पानी परेसँगै काठमाडौं उपत्यका र आसपासमा केही दिनदेखि बढेको वायु प्रदुषण केही घटेको छ।

आज दिउँसो हिजोभन्दा बढी घाम लाग्ने र  साँझतिर हिजोजस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार बिहानदेखि काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) २ सयभन्दामूनि झरेको छ। उता सुदूरपश्चिमको धनगढीमा भने वायु प्रदुषण घातक तहमा पुगेको छ।

प्रकाशित मिति : २०७७ चैत्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *