२०८३ साउन १० गते आइतवार

राप्तीमा ३ महिने कटाई सिलाई तालिम सुरु

देउखुरी, माघ २१ । राप्ती गाउँपालिकाले विकट विकट गाउँका महिलाको लागि कटाई सिलाई तालिम सुरु गरेको छ ।यस आर्थिक वर्षको गाउँपालिका र वडाको बजेटबाट वडा नं ९ मा कटाई सिलाई तालिम सुरु गरिएको हो ।

सामान्य लुगा सिलाउनु परेपनि करिव ३ घण्टा हिडेर जानुपर्ने अवस्था रहेको सो क्षेत्रका महिलाको कटाई सिलाईमा क्षमता अभिबृद्धि गर्ने उदेश्यले ३ महिने कटाई सिलाई तालिम सुरु गरिएको वडा नं ९ का अध्यक्ष रिमबहादुर सुनारीले बताए ।

परम्परागत रुपमा बालीघरे  प्रथा हटे संगै लुगा सिलाउने मानिसको अभाव रहेको  क्षेत्रका १३ जना गरिव विपन्न तथा दलित समुदायका महिलाहरुको शिप अभिबृद्धि गरि आय आर्जन बढाउने उदेश्यले तालिम सुरु गरिएको सुनारीले बताए ।
वडा नं ९ को उत्तरी भेगका तल्लो घोसखोला, जाबुने, लगायतका तल्लो क्षेत्रका महिलालाई जाबुने स्थित  सामुदायिक भवनमा तालिम सुरु गरिएको हो ।

तालिममा सहभागी प्रशिक्षार्थिलाई तालिम पछि सिलाई मेसिन समेत प्रदान गरिने वडा सचिव राजेन्द्रविक्रम चौधरीले जानकारी दिए । 

वडा नं ९ का अध्यक्ष रिम बहादुर सुनारीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यतामा तालिमको उद्घाटन गरिएको छ ।

प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *