२०८३ असार ६ गते शनिवार

बर्दियामा आतंक सृजना गर्ने नरभक्षी बाघ भारतवाट आउने गरेको अनुमान

फाइल तस्विर

दाङ,कात्तिक २० । भारतवाट आएको बाघले बर्दियामा आतंक सृजना गरेको अनुमान गरिएको छ । पछिल्लो समय नरभक्षी बाघको खोजी गर्न वनमा जडित क्यामेराका आधारमा प्रारम्भिक अनुसन्धानबाट त्यस्तो देखिन आएको सरोकारवालाहरुले बताएका छन् ।

बर्दियाका डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेले उक्त नरभक्षी पाटे बाघ भारतीय जंगलवाट नेपालका सामुदायिक वनमा प्रवेश गरि आतंक सृजना गरेको देखिन आएको पनि जानकारी दिए । ‘क्यामेराको ट्रयापिङका आधारमा हेर्दा पाटे बाघ सीमावर्ती भारतीय कतरनियाघाट वाइल्ड लाइभ स्यानचुरीवाट नेपाल प्रवेश गरेर बितण्डा मच्चाउने र फेरि उतै फर्किएर गएको देखिएको छ,’ वन अधिकृत वाग्लेले भने ‘तर, त्यसवारे अझैं थप अनुसन्धान हुन बाँकी छ ।’

उनले बर्दियाको वनमा नरभक्षी बाघको खोजी गर्न १३ वटा क्यामेरा जडान गरिएको जानकारी दिए । बर्दीया जिल्लाको नेपाल–भारत सीमा नाकाको ८१ नम्वर पिलरदेखि ८३ नम्वर पिलरसम्मको विभिन्न ११ ठाउँमा नरभक्षी बाघ खोज्न क्यामेरा जडान गरिएको छ ।

बर्दियाका डिभिजनल वन अधिकृत वाग्लेले कात्तिक १४ गते विभिन्न ११ ठाउँमा १३ वटा क्यामेरा जडान गरि नरभक्षी बाघको खोजी सुरु गरिएको बताए । वनमा जडान गरिएका क्यामेरामा विभिन्न थरिका ३÷ ४ वटा बाघकरुका चित्रहरु कैद भएको देखिएपनि नरभक्षी बाघ कुन हो ? भनेर पहिचान गर्न कठिन भएको वाग्लेले जानकारी दिए ।

उनले नरभक्षी बाघको पहिचान गर्न कैद भएका तस्विरहरु बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको बताए । बाघको पहिचान गरिसकेपछि डार्टिङ गरि त्यसलाई समाप्ने योजना तय गरिएको वन अधिकृत वाग्लेले जानकारी दिए । त्यसका लागि कम्तिमा पनि चारवटा हात्तीसहित आर्मी र प्राविधिकहरुको टोली पलिचालन गर्ने गरि तयारी गरिएको उनले बताए ।

महिना दिनमै ५ जना गयो ज्यान
बर्दियामा उक्त नरभक्षी बाघले झन्डै एक महिनाको अवधिमा पाँच जनाको ज्यान लिएको छ । गेरुवा गाउँपालिका वडा नं. ४ राजिपुर निवासी ५८ वर्षीय लहानु थारूको कात्तिक १५ गते, कात्तिक ११ गते धनौरा गाउँ निवासी २६ वर्षीय रमेश थारू र २७ वर्षीय दिनेश थारू , कात्तिक ५ गते सोही ठाउँ निवासी २८ बर्षीया गंगा बुढाको बाघको आक्रमण बाट मृत्यु भएको छ ।

त्यो भन्दा केही दिन पहिले मात्रै मात्रै मधुवन नगरपालिका निवासी एक किशोरको खोलामा माछा मार्ने क्रममा बाघको आक्रमणमा परी ज्यान गएको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *