दाङ, कात्तिक १६ । दाङको घोराहीवाट झन्डै ४ लाख रकमसहित ५ जुवाडे पक्राउ परेका छन् ।
घोराहीको मसिनावाट गएराति ५ जुवाडे पक्राउ परेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनीहरुको साथवाट झन्डै ४ लाख रकम बरामद भएको प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरु बारे अनुसन्धान जारी रहेको र उनीहरुलाई आजै सार्वजनिक गर्ने एक प्रहरी अधिकारीले बताए ।
प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
