
काठमाडौं, कात्तिक ८। डाक्टर बाबुराम भट्टराई र उनको पत्नी हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक संजाल मार्फत आफुहरुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
भट्टराई र हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । हिजो गरिएको स्वाब परीक्षणमा आफूहरुलाई सङ्क्रमण पुष्टि भएको बताएका छन ।
आफूहरु होम आइसोलेशनमा रहेको र केही दिनदेखि सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउनु पनि उनले आग्रह गरेका छन ।
हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!#StaySafe pic.twitter.com/XbaDvIpvHE
— Baburam Bhattarai (@brb1954) October 24, 2020
