२०८३ असार १ गते सोमवार

तुलसीपुरमा मंगलवार थप ९ जनामा कोरोना पुष्टि

तुलसीपुर, ४ कात्तिक । दाङको तुलसीपुरमा मंगलवार थप ९ जनामा कोरोना पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट लिईएको नमुना स्वाव परिक्षण गराउदा ९ जना पुरुषमा कोरोना पुष्टि भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

संक्रमीत हुनेहरुमा वडा नम्वर ५ का ३२,४३,२८ र ३१ वर्षका चार पुरुष, वडा नम्वर ६ का ५९ र ४४ बर्षक दुई पुरुष, वडा नम्वर ७ का ४४ बर्षका एक पुरुष, वडा नम्वर १४ का ३२ वर्षका एक पुरुष र वडा नम्वर १६ का २८ बर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको केसीले जानकारी दिए ।

यो संगै तुलसीपुरमा संक्रमित हुनेको संख्या ३९७ पुगेको छ । जसमा १६१ जना संक्रिय संक्रमित र २२६ जना संक्रमण मुक्त भईसकेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *