यमकला भुसाल,तुलसीपुर,असोज २८ । दाङको तुलसीपुरमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलवार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाव परिक्षणको रिपोर्ट अनुसार १० जनामा र भेरी अस्पताल तथा टेकु अस्पताल काठमाडौको रिपोर्ट अनुसार १÷१ जना गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का ३३,३७,३०,५१ र ६२ वर्षका ५ जना पुरुष रहेका छन ।
त्यस्तै वडा नं १२ का ३२ वर्षीय १ पुरुष,वडा नं ३ का ३२ वर्षीय १ पुरुष,वडा नं ८ का ३५ र ४२ वर्षीय २ पुरुष,वडा नं ९ का १२ वर्षीय १ पुरुष,वडा नं ७ का २७ वर्षीय १ महिला र वडा नं ६ का ५२ वर्षीय १ पुरुष रहेको तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
उनका अनुसार संक्रमित मध्ये १ जना सरकारी कार्यालयका कर्मचारी,व्यवसायी र १ जना सांसद रहेका छन ।
यो सगै तुलसीपुरमा कुल संक्रमितको सङ्या ३ सय ३८ पुगेको छ । जसमध्ये २ सय ३७ जना पुरुष छन भने ८१ जना महिला रहेका छन ।
यसैबिच फोकल पर्सन केसीका अनुसार तुलसीपुरमा ९३ पुरुष र २२ महिला गरि सक्रिय संक्रमितको सङ्या १ सय १५ रहेको छ ।
संक्रिय संक्रमित मध्ये कोरोना विषेश अस्पताल बेलझुण्डीमा ५ जना मध्ये ३ जना आइसियुमा छन भने १ जना भेरी अस्पताल र ८ जना पेइनग होटल आइसोलेसनमा रहेका छन ।
अन्य १ सय १ जना होम आइसोलेसनमा रहेका छन । उनले हालसम्म तुलसीपुरबाट २ सय २३ जना कोरोना मुक्त भई घर फर्किसकेको समेत जानकारी दिए ।
