२०८३ असार १० गते बुधवार

नवलपरासीकी कोरोना संक्रमित एक महिलाको बुटवलमा मृत्यु

बुटवल,असोज २८ । नवलपरासीकी एकजना कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । सुनवल –४ नवलपरासी निवासी ७७ बर्षीया एक महिलाको बुधवार विहान २ बजेतिर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

मुटु रोगी उनी असोज २६ गते अस्पतालमा भर्ना भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

बुटवलको कोराना विशेष अस्पतालमा आइसियू बेड खाली नभएपछि उनलाई प्रादेशिक अस्पतालको फिवर क्लिनिक सेन्टरमा राखिएको थियो । त्यहाँबाटा कोरोना विशेष अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *