
काठमाडौं, असोज २७ । बितेको २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको उनले बताए।
बितेको २४ घण्टामा कोरोनाबाट १ हजार ५०३ निको भएका छन्। यीसहित अहिले सम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ।
मंगलबार मात्र कोरोनाबाट १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार
