२०८३ असार १३ गते शनिवार

एकैदिन थपिए ४ हजार ३६४ कोरोना संक्रमित

काठमाडौं, असोज २२। बितेको २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार देशभर ४ हजार ३६४ कोरोनाका संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या अहिले सम्मकै धेरै हो।

यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ।

त्यस्तै यस अवधिमा २ हजार ६७५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ।

बितेको २४ घण्टामा १२ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९०पुगेको छ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *