तुलसीपुर, भदौ १० । तुलसीपुरमा युवाहरुले मौन पर्दशन गरेका छन् ।
पर्दशनकारीले सबैको पिसिआर चेकजाँच गर्न र लकडाउन प्रभावकारी बनाउन माग गरेका छन् ।
विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पर्दशनकारीले कि पुरै लकडाउन गर, हैन भने बेलुकी ७ बजेदेखि विहान ५ बजेसम्मको लकडाउन पनि हटाउ भन्ने खाले सन्देश दिने प्लेकार्ड बोकेर पर्दशन गरेका थिए ।
युथ अफ तुलसीपुरका एडमिन अरुण लहरेले बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म मात्रै गरिने लकडाउनको औचित्य नरहेको जिकिर गरे ।
‘ के रातिमा मात्रै कोरोना भाइरस नसर्ने हो र,’ लहरले प्रश्न गरे ‘कि पुरै लकडाउन गरियोस हैन भने रातिमा मात्रै नगरियोस भन्ने हाम्रो माग हो ।’
पर्दशनकारीहरुले भ्रष्टचार अनियमितताको विरोध हुने खाले प्लेकार्ड मात्रै मात्रै हैन ‘हेलो सरकार सम्धी खै’ भन्ने खालका प्लेकार्ड पनि बोकेका थिए ।


प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार
