२०८३ कार्तिक ७ गते शुक्रवार

तुलसीपुरमा ब्राउन सुगरसहित एक युवा पक्राउ

दाङ,भदौ २७ । दाङको तुलसीपुरवाट प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बस्ने २३ बर्षीय विपिन भनिने बिक्रम जंग मल्ललाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

मल्ललाई तुलसीपुर १२ जसपुर बाट विहीवार बेलुका साढे ७ बजेतिर पक्राउ गरिएको प्रहरीले बताएको छ । मल्लले प्लाष्टिकको डिब्बामा ३ वटा पुरिया बनाई लुकाई छिपाई राखेको अवस्थामा ४ ग्राम १० मिलिग्राम ब्राउन सुगर फेला पारिएको प्रहरीले जानकारी दिएको छ । मल्लमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *