२०८३ असार १३ गते शनिवार

ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुईको मृत्यु


दाङ, भदौ १७ ।
दाङमा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही–भालुबाङ सडक खण्डको पिपरीमा सोमबार बेलुका ट्रकले मोटरसाईकललाई ठक्कर दिदा दुईजना युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रा ३ प २०६१ नम्बरको मोटरसाईकलमा सवार घोराही उपमहानरपालिका वडा नं. १५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र चालक लमही नगरपालिका वडा नं. ४ निवासी २७ वर्षीय विनायक चौधरी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

गम्भीर घाइते दुबै जनालाई लमही अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त दुर्घटनामा परी लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीका २८ वर्षीय दिपक मरासिनी गम्भीर घाइते भएका छन् ।

उनको खुट्टा फ्याक्चर भएको तथा हातमा पनि गहिरो चोट लागेको प्रहरीले बताएको छ । घाइते मरासनीलाई स्थानीय मेडिकलमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

सोमबार बेलुका सवा ७ बजेतिर उक्त दुर्घटना भएको थियो भने दुबैजनालाई अस्पताल पु¥याए लगत्तै बेलुका पौने ९ बजेतिर उनीहरुको मृत्यु भएको थियो । सुरुमा भालुवाङबाट पश्चिम लमहीतर्फ आउँदै गरेको लु १९ प ५५०६ नम्बरको मोटरसाईकल र लमहीबाट पूर्व भालुवाङतर्फ जाँदै गरेको रा ३ प २०६१ नम्बर एक आपसमा ठोक्किए ।

दुबै मोटरसाईकलमा सवार तीनजना व्यक्ति सडकमै लडे । तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको ट्रकले दुई मोटरसाईकल आपसमा ठोक्किएर सडकमा लडिरहेका उनीहरुलाई फेरि ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *